‘डियर जिन्दगी’ घटस्थापनाको दिन बाट,ट्रेलर तथा गीत सार्बजनिक(भिडियाेसहित)

‘डियर जिन्दगी’ घटस्थापनाको दिन बाट,ट्रेलर तथा गीत सार्बजनिक(भिडियाेसहित)

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 87.3K
    SHARES

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ।

राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगाएतका कलाकारको अभिनय रहेको छ।

उक्त कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’का कलाकार निर्माण टिम संगै बिज्ञापन एजेन्सी संघका अध्यक्ष रबिन्द्र रिजाल ‘शशि’,एबिसी टेलिभिजनका प्रमुख महेश राणा, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमूख राज कुमार थापा,चलचित्र बिकाश बोर्डका निबर्तमान अध्यक्ष राज कुमार राइ लगाएत संचार कर्मी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’ का निर्माता तथा निर्देशकलाइ रुद्राक्षको बिरुवा प्रदान गर्दै त्यसलाई स्याहार गरेर हुर्काउन र ‘डियर जिन्दगी’ को रुपमा ठुलो बनाउन र हरियाली कायम गर्न मद्दत पुर्याउन समेत अनुरोध गरिएको थियो।

‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे,एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी,कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् । मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ र त्यस दिन बाट नै पिएनपी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत पनि सार्बजनिक हुनेछ ।

https://www.youtube.com/watch?v=xk1EFJoFows

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी