पहाडीको ‘युद्ध निषेध: शान्ति विशेष’ सार्वजनिक

पहाडीको ‘युद्ध निषेध: शान्ति विशेष’ सार्वजनिक

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

काठमाडौँ, १५ असोज ।

मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध ः शान्ति विशेष’ सार्वजनिक भएको छ ।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ ।

उहाँले लेख्नुभएको यो २७ औँ पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो । ‘विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ । त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यसविरुद्ध उभिएँ । आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुङ्कार गर्छु र त्यसका पृष्ठपोषकविरुद्ध आजीवन लडिरहने प्रण गर्छु’, पुस्तकमा पहाडीले भन्नुभएको छ ।

विभिन्न शक्ति राष्ट्रको घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्वका विषयमा गत एक वर्षमा प्रकाशित पहाडीका १७ लेख सो पुस्तकमा समावेश गरिएको छ । शान्तिको पक्ष, हिंसा र युद्धको विपक्षमा समर्पित पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान÷कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी