कालिकोटमा योङ रेड फोर्सका वीरबहादुर शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी (विज्ञप्तिसहित)

कालिकोटमा योङ रेड फोर्सका वीरबहादुर शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी (विज्ञप्तिसहित)

हत्यारा पत्ता लगाउनबारे सुरक्षा निकाय उदासीनः वाईआरएफ

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 35.9K
    SHARES

१४ असोज, काठमाडौं ।

योङ रेड फोर्स (वाईआरएफ)का सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो ।

कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारिएको थियो । शाहीको हत्यापछि लासलाई पानी जमेको ठाउँमा भिरबाट लास खसालिएको अवस्थामा शव भेटिएको बताइएको छ । योङ रेड फोर्स नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन हो । हत्या गरिएका शाही आईआरएफ कालिकोट जिल्ला सदस्य हुन् ।

हत्या गरिएका शाही योङ रेड फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीका भाई हुन् । योङ रेड फोर्स कालिकोट जिल्ला समितिले आइतबार एक विज्ञिप्त जारी गरेर हत्याको घोर भत्सना गरेको छ । समितिका अध्यक्ष शितलकुमार विष्टद्वारा जारी विज्ञिप्तमा शाहीको अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ । साथै अध्यक्ष विष्टले घटनाको .निस्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

देशभर हत्या, हिंसा, बलात्कार र गुण्डागर्दीमा भइरहेको वृद्धि घटनालाई संगठनलाई गम्भीर बनाएको जनाउँदै नागरिकको जीवनको सुरक्षास्थितिमा गम्भीर चुनौति पैदा भएको जनाएको छ । पीडित पक्षलाई न्याय दिन र हत्यारालाई कारवाही गर्न संगठनको जिल्ला समितिले जोडदार माग गरेको छ । सरकारले शाहीको हत्यारालाई नियन्त्रणमा लिई कारवाही नगरे संगठनले नै कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

राज्य जनताको सुरक्षा गर्नामा सरकार उदासिन मात्र नभई असफलसिद्ध भइसकेको भन्दै त्यसको जिम्मेवारी लिन संगठन तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘पीडित पक्षलाई न्याय दिन नसकेको र जनताको असुरक्षा बढ्दै गएकोले यसको पूर्ण जिम्मेवारीका लागि हाम्रो युवा संगठन तयार रहनुपर्ने आवश्यकता महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘पीडितलाई उचित न्याय र जनताको भरपर्दो सुरक्षाका लागि जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्नाका लागि संगठन प्रतिवद्ध रहेको समेत जानकारी गराइन्छ ।’

हत्यापछि प्रहरीले नै वीरबहादुर शाहीको शव आफन्तलाई उठाउन लगाएर प्रमाण नष्ट गराइएको र घटनालाई ढोकछोप गर्न खोजेको भन्दै मृतकका आफन्तले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । हत्यामा संलग्न रहेको आशंका प्रहरीले ३ जना स्थानीय युवाहरुलाई पक्राउ गरेको जनाइएको छ । मृतकको शरीर र टाउकोमा गम्भीर चोट लागेको भन्दै घटनाको स्वतन्त्र र निष्पक्ष तरिकाले छानबिन गर्नुपर्ने  माग आफन्तहरुले गरेका छन् ।

स्मरणीय विषय के छ भने गतवर्ष यही समयमा मृतकका दाई योङ फोर्सका केन्द्रीय सदस्य दाइ सत्यबहादुर शाहीमाथि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो । त्यसबेला उनी मुश्किलले बचेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ