वरिष्ठ अधिवक्ता साहनीमाथि बुटवल उपमहानगरकाे कार्यक्रममा दुर्व्यवहार

वरिष्ठ अधिवक्ता साहनीमाथि बुटवल उपमहानगरकाे कार्यक्रममा दुर्व्यवहार

जीतगढी किल्लाबाट भारतीय पेन्सन क्याम्प हटाउनुपर्ने आवाज बृह्त बन्दै

  • सोमवार, अशोज ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 36.4K
    SHARES

८ असोज, बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ को जीतगढीस्थित फुलबारीभित्र रहेको भारतीय पेन्सन क्याम्प हटाउनुपर्ने आवाज बुलुन्द भएको छ ।

ऐतिहासिक स्थल जीतगढीलाई कब्जा गर्ने गलत उद्देश्यबाट क्याम्प राखिएको र स्थानीयको हितविपरीत हर्कत क्याम्पले निरन्तर जारी राखेको भन्दै उक्त क्याम्प हटाउनुपर्ने आवाज स्थानीय स्तरबाटै उठ्न थालेको हो ।

गत शुक्रबार बुटवल उपमहानगरपालिकाले बुटवलमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं प्रेस सेनानी दिल साहनीले जीतगढी किल्ला क्षेत्रभित्र भारतीय पेन्सन क्याम्प बेठिक तरिकाले राखिएको र त्यसलाई त्यहाँबाट हटाउनुपर्ने धारणा राखेका थिए । सोही धारणाप्रति असहमत जनाउने पूर्वभारतीय पेन्सनर (भूपू सैनिक)हरुको एक जत्थाले धारणा राखिराखेको समयमा साहनीमाथि दुरव्यवहार गरे ।

जत्थाले मञ्चमै चढेर साहनीले बोलिरहेको बेला माइक्रोफोन थुत्ने र हातपात गरेको थियो । त्यस दुरव्यवहार र प्रति साहनीले आपत्ति जनाएका छन् । साहनी एक राष्ट्रियता र नागरिकको अधिकारको पक्षमा निरन्तर कलम चलाइरहेका वामपन्थी नेता समेत हुन् । राष्ट्रियताको दृष्टिकोणले क्याम्पको गतिविधि पाच्य हुने किसिमको नभएकोले सम्बन्धित निकायले तत्काल हटाउन पहल गर्नुपर्ने साहनी बताए । ‘जीतगढी किल्लामा भारतीय पेन्सन क्याम्प राख्ने सरकारको निर्णय सच्याउनैपर्छ’ उनको भनाई छ । क्याम्पबाट जासुसी गर्ने कार्य भइरहेको भन्दै यसलाई हटाउनुबाहेक अन्य विकल्प नरहेको स्थानीयले आवाज उठाइरहेका छन् ।

प्रेस सेनानी एवं वापन्थी बुद्धिजीवि साहनीमाथि पूर्वभारतीय सैनिकहरुबाट गरिएको दुरव्यवहारको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले निन्दा गरेका छन् । सोमबार फेसबुक पेजमा स्टाटस लेख्दै अध्यक्ष डुम्रेले ‘वरिष्ठ अधिवक्ता, बामप.थी बुद्धिजीवी एवं प्रेस सेनानी दिल साहानीलाई असोज ५ गते बुटवल उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा गरिएको दुव्र्यवहारप्रति घोर निन्दा गर्दछौं’ भनेका छन् । ‘बुटवलको जितगढी किल्लामा भारतीय पेन्सन क्याम्प राख्ने सरकारको निर्णय गलत भएको भनेर आफ्ना विषयबस्तु राखिरहेको बेला केही भूपूभारतीय सेनाका पेन्सनरहरुले साहनीले बोल्दाबोल्दै दुरव्यवहार गर्नुले आयोजकप्रति नै गम्भीर प्रश्न चिन्ह खडा भएको’ भन्दै आयोजक पक्षको ध्यानाकर्षण गरिएका छन् ।

अंग्रेजसँगको युद्धमा नेपाल विजय भएको ऐतिहासिक स्थल हो जीतगढी किल्ला । राष्ट्रियता र ऐतिहासिक हिसाबले त्यहाँ भारतीय पेन्सन क्याम्प राख्नु गलत भएको भन्दै केही समयदेखि स्थानीय स्तरबाटै विरोध हुँदै आएको छ । साहनीको सार्वजनिक अभिव्यक्तिपछि क्याम्प हटाउनुपर्ने आवाजले ठूलो रुप लिँदै गएको छ ।

स्मरणीय कुरा के छ भने, गएको साउन २८ गते राति सोही क्याम्पको हाताभित्र बम विष्फोट घटना भएको थियो । उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ