नेकपा केन्द्रीय सदस्य केसीको बन्दी प्रत्यक्षीकरण रिट खारेज

नेकपा केन्द्रीय सदस्य केसीको बन्दी प्रत्यक्षीकरण रिट खारेज

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

२४ भदौ, काठमाडौं ।

दोस्रोपटक गिरफ्तार गरी भक्तापुर जिल्लाको जगाती प्रहरी हिरासतमा थुनामा राखिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर के.सी. ‘आजाद’को रिहाईको माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटलाई सर्वोच्चले खारेज गरेको छ ।

कृष्णबहादुर विश्वकर्माले दर्ता गरेको रिटमाथि आज सर्वोच्चको इजलास नं. ७ मा न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा भएको बहसपछि खारेज गर्ने आदेश दिएको हो ।

नेता केसीको हकमा भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न यसअघिनै आदेश दिइसकेको अवस्थामा अर्को आदेश दिइराख्नु नपर्ने ठहर गर्दै खारेजीको आदेश दिइएको हो ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेललगायतले बहस गरेका थिए ।

के.सी.लाई यसअघि भक्तपुर जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै भदौ ४ गते पुनः गिरफ्तार गरी थुनामा राख्दै आएको छ । गैरकानूनी रुपा थुनामा राखेको जनाउँदै मुक्त गर्न रिट निवेदकले माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ