स्व.देव बज्राचार्य द्वारा रचित ” एक्लै बस्दा ” गीतिएल्बम को बिमोचन

स्व.देव बज्राचार्य द्वारा रचित ” एक्लै बस्दा ” गीतिएल्बम को बिमोचन

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

 

२३ भाद्र,काठमाडौँ / ” एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइ दिन्छ ” स्व.देव बज्राचार्य द्वारा रचित एवं प्रतिष्ठित गाएक गायिकाहरुद्वारा स्वरवद्द ” एक्लै बस्दा ” गीतिएल्बम बिमोचन भएको छ । स्व.बज्राचार्यले आफ्नो गीतका शव्द कोष बात  चारदशक भन्दा अगाडि रचेका ” एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइ दिन्छ” लगाएतका अनगिन्ती गीतहरु रहेका छन् ।


शनिबार ओलम्पस क्लवको आयोजनामा बज्राचार्यले रचना गरेका गीतहरुको संग्रह एल्वम वरिष्ठ गीतकार राजेन्द्र थापा , वरिष्ठ संगीतकार दिपक जंगम ,प्रकाश गुरुङ ,वरिष्ठ गीतकार दिप श्रेष्ठ लगाएत द्वारा विमोचित भएको हो । उनका अनगिन्ती गीतहरुमा
-प्रिय तिम्रो अनुहारमा हासो कहिलै देख्न ।
-मेरो आँखाबाट झरेको आँसु ,नसम्झ तिमि दुखको भनेर ।

-तिमीबिना जिबन मेरो रमाइलो लाग्दैन
संगीत बिना रचेको गित सुरिलो हुदैन ।

-तिमिसागर भएर के गरु न त याहा प्यासी छु ।
कतिदिन भयो सम्झना गरि थाहा नै पाएन

-बिछोड को घाउ बल्झिनै रहयो सहनै सकेन ।

-तिमिसंगको बिछोडमा मेरो भुल नभएको होइन
तिमीलाई परेको घाउले मलाई नदुखेको होइन ।
लगाएत रहेका छन् ।
काठमाडौँको ओम्बहलमा बाबु सकलानंद बज्राचार्य र पूर्णकुमारीको कोखबाट स्व बज्राचार्यको जन्म बि स २००९ मा माघ २३ भएको हो ।
युवा अवस्थाको सांगीतिक सहयात्रीहरु चर्चित नाम चलेका गाएक संगीतकार रत्न बहादुर खड्गी ,मुरली धर , द्व्वारिका लाल जोशी ,जनेश परियार ,मिरा राना,भक्तराज आचार्य ,अरुणा लामा मधु क्षेत्री , उदित नारयण ,आदि समकालीन थिए । निकै सरल मिलनसार स्व बज्राचार्य ५ दशक अगाडी त्यस समय जसरि पनि लुकेका कला ,प्रतिभा देखाउनु पर्छ भन्ने मान्यता राख्दथियो । नेपालमा टेलिभिजनको प्रवेश अगाडी लुकेर बसेका धेरै कलाकारहरुको प्रतिभालाइ उजागर गर्न उदेश्यमा सक्षम रहदै ओलम्पस क्लवसंग आबद्द भएर विभिन्न स्थानमा सडक स्टेज सांगीतिक कार्येक्रम गर्ने गर्दथियो । बि. स`२०७४ भद्र २८ गते ६५ बर्षको उमेरमा उहा आफ्नो रचना कृति छोडेर देह त्याग गर्नु भयो । विमोचित एल्वममा रत्न बहादुर खड्गी ,द्वारिकालाल जोशी,गणेश परियार ,मधु क्षेत्रीको संगीतमा अरुणा लामा ,मिरा राना ,भक्तराज आचार्य र आफ्नै स्वमा ११ गीताहरु रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी