हरि महतको ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” तिज गीत बिमोचन

हरि महतको ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” तिज गीत बिमोचन

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज जति-जति नजिकिँदै छ ।
त्यति-त्यति नयाँ तिज गित बजारमा आउने क्रम बढिरहेको छ ।
यसै क्रममा बिभिन्न कलाकारहरु तिज गीत बिमोचन गर्न भ्याई नभ्याई लागिपरिरहेका छन् । पछिल्लोपटक पर्यटन,भजन र लोकभाकाहरु गरेर तिन दर्जनजति म्युजिक भिडीयो निकालिसकेका चर्चित गायक हरि बहादुर महतको ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” भन्ने बोलको तिज गीत बिमोचन गरीएको छ ।
महतको यस तिज गीतलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका अतिथिले बिमोचन गरेका थिए ।
हरिहरभवन स्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निवासमा भएको बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वयम् मन्त्री लालबाबु पण्डित,विशिष्ट अतिथि बिमला महत,अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द चौलागाई,पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी,बरिस्ठ पत्रकार राजिब सिलवाल लगाएत अन्य माहानुभावहरु रहेका थिए ।
प्रमुख अतिथि मन्त्री पण्डितले महतको तिजको गीत ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” हेरेपछि आफुलाई यो गीत निकै मन परेको र अत्यन्त मर्मस्पर्सी अनि समाजमा सकारात्मक सन्देश दिन सफल हुनेकुरा व्यक्त गरे ।
यसका साथै, बिमोचन कार्यक्रममा बोल्दै गाएक हरि बहादुर महतले आफु र आफ्नो टिमले यस गितकोलागि भनेर निकैनै मेहनत गरेको बताउदै यो तिज गीत दर्शकहरुले अबस्यनै मन पराइदिनु हुनेछ भन्नेमा आफु पूर्ण आशावादी रहेको बताए ।
बिहानी सांगेतिक समुहको प्रस्तुति रहेको यो तिज गीतको सब्द,लय र गाएक हरि बहादुर महतको रहेको छ भने गायिकाहरुमा डोलमाया गुरुङ,देबी महतो र गौमती चौलागाई रहेका छन् । यस्तै सन्तोष पौडेलको रेकर्डिङ रहेको यस गीतमा एरेन्ज गर्ने काम जुजु गुरुङले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी