३१ साउन, चितवन ।
नेपाल कम्युनिस्ट पार्टीको चितवन जिल्ला सेक्रेटरी धुव्र खडकासहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिहीबार दिउँसो मन्ध्यान्ह १२ बजे चितवनको चेतना भिलेजबाट पश्चिम ताम्सालिङ ब्युरो सदस्य समेत रहेका सेक्रेटरी धुव्र खड्का, स्थानीय युवा कार्यकर्ता राम सेढाई र सर्वसाधारण नवराजलाई गिरफ्तार गरेको पश्चिम ताम्सालिङ ईन्चार्ज मोहलाल चन्द ‘आधार’ले जनाएका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका ईन्चार्ज आधारले आजै एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारको निन्दा र भत्सर्ना गरेका छन् । कम्युनिस्टको नाममा सरकारले सामाजिक फासीवादको अभ्यास गरिराखेको भन्दै नेकपाको राजनीतिक गतिविधिमाथि अघोषित रुपमा प्रतिबन्ध लगाउने चेष्टा गरेको जनाइएको छ ।
सरकारले जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएको र उसैले बनाएको कानून लत्याउँदै फासीवादी बाटोमा लागेको पनि आधारले बताएका छन् । गिरफ्तार गैरन्यायिक र अपहरण शैलीमा भएको र उनीहरुको अवस्था राज्यले अझै अज्ञात राखेको विज्ञिप्तमा जनाइएको छ ।
बिनाकारण गिरफ्तार गरिएका नेताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग गरिएको छ । रिहाई नगरिए कडा संघर्षको घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने उनले उल्लेख गरेका छन् ।
तीनै जनालाई बेपत्ता पारिएकाे र यथार्थ अवस्था सार्वजनिक गर्न समेत सरकारलाई भनेको छ ।
