स्थानीय जागेपछि मोदी खोलाको बालुवा तस्कर थच्चिए(भिडियाेसहित)

स्थानीय जागेपछि मोदी खोलाको बालुवा तस्कर थच्चिए(भिडियाेसहित)

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 46.2K
    SHARES

पर्वत, ३० साउन ।

पैसा र शक्तिको दुरुपयोग गर्दै जिल्लाको मोदी खोलाबाट रातको समयमा बालुवा–गिट्टी तस्करी गर्ने तस्करलाई स्थानीयले तह लगाएका छन् । अहिले रातारात बालुवा निकाल्ने समुह नराम्ररी थच्चिन पुगेको छ । घुँडा टेक्न बाध्य भएका छन् ।

गण्डक प्रदेश सरकारले साउन १० गते देखिएको लिखित निर्देशनको उल्लंघन गरेर साउन २५ गते मध्यरातमा स्काभेटर र लोडर प्रयोग गरी खोलाको बालुवा चोरेर निकासी गरेका थिए । स्थानीय दबाब र तस्करीको समाचारका कारण स्थानीयसँग हार खाएको छ ।

सो चाल पाएपछि स्थानीयले २६ गते चोरीनिकास स्थानमा पुगेर खबरदारी गर्नुका साथै स्थानीय प्रहरी चौकी र गाउँपालिकामा उजुरी दिए । सोही उजुरीबमोजिम मोदीे गाउँपालिका अध्यक्ष प्रेम पौडेलले अनुगमन गरेका थिए । अनुगमनमा रातको समयमा तस्करले बालुवा निकालेर चोरी गरेको पाइएको थियो ।

सो तस्करीको समाचार मिर्मिरे अनलाइनले साउन २६ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित पछि २८ गते गाउँपालिका प्रतिनिधि, स्थानीय प्रहरी नेतृत्व, स्थानीय र विभिन्न दलका प्रतिनिधिको बैठक बसेको थियो । समाचारको प्रभाव बैठकमा समेत परेको थियो । तस्करीबारे स्थानीय नेता र सुरक्षा निकाय समेत माैन बसेको समाचारबारे कुरा उठेको थियो । उक्त खोलाको बालुवा तस्करीबारे मिर्मिरे अनलाइनले पहिलो समाचार ब्रेक गरेको थियो ।

बैठकले गण्डक प्रदेश सरकारको निर्देशनअनुसार प्रदेशबाट अर्को निर्देशन नआएसम्म मोदी गाउँपालिकाभित्र कुनै प्रकारले गिट्टी, बालुवा उत्खनन नगर्ने, गरेमा कारवाहीका सिफारिस गर्ने, सो कुराको जानकारी प्रदेश सरकार र जिल्ला पर्वत जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा दिने सहमति भएको थियो । साथै खाल्डो पारिएको स्थानमा चोरी निकासी संलग्न पक्षले खाल्डो पुर्ने, खोलाको बाहवलाई नियन्त्रित तरिकाले पठाउने, तस्करी गर्न प्रयाेग भएको बाटो पुर्ने र यसपछि दोषीलाई एकपटकलाई माफी दिने बैठकबाट सहमति कायम भएको बैठकमा सहभागी एक स्थानीयले मिर्मिरे अनलाइनलाई जानकारी दिए ।

तर अहिले तस्करले चोरी निकासी गरेको खोलामा भने कुनैपनि हालतमा बालुवा गिट्टी निकाल्न नदिने स्थानीयले बताउँछन् । जहाँ बालुवा चोरी भएको छ, त्यसको करिब १०० मिटरको माथिल्लो क्षेत्र ९५ घरधुरी छन् । जुन थुप्रिएको माटोमाथिको बस्ती भएको र तल्लो तट खोलामा बालुवा निकाल्दा जुनसुकै बेला बस्ती बगेर खोलामा मिसिने स्थानीयको भनाई छ ।नदि दाेहनले तल्लाे डिमुवा बजार नै खतरामा पर्ने अवस्थामा थियाे ।

मोदी गाउँपालिका अध्यक्षले प्रेम पौडेल पनि स्थानीयको रायसँग सहमत छन् । मिर्मिरे अनलाइनसँगको कुराकानीमा अध्यक्ष पौडेलले भने ‘जहाँ बालुवा तस्करी भएको छ, त्यो क्षेत्र पहिरो उच्च जोखिम भएको क्षेत्र हो । यहाँ बालुवा, गिट्टी वा अन्य कुनै प्रकारको उत्खनन गर्न मिल्दैन । कुनैपनि हालतमा झिक्न दिँदैनौं ।’

बस्तीदेखि माथिल्लो क्षेत्रमा सावेलले सम्मन स्थानीयले मात्र निकाल्नेबारे सोच्न सकिने पौडेलको भनाई छ । ठूलो मानवबस्ती नै उच्च जोखिममा पर्ने भएकोले प्रदेश वा केन्द्र सरकार जसले भने पनि सो क्षेत्रमा बालुवा झिक्न र उत्खनन गर्न दिन नहुने उनको तर्क छ । स्थानीयलाई ढुक्क तुल्याउन आफूले कुनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र पर्ने खोलानाला, नदी, वन क्षेत्रभित्रको प्राकृतिक स्रोत परिचालनबारे सम्भावित अध्यायन गरेर विस्तृत प्रतिवेदन पठाउन हरेक स्थानीय तहलाई लिखित निर्देशन दिँदै प्रतिवेदन प्राप्तपछि पनि अर्को सूचना नआएसम्मम प्रत्येक तहको कुनै पनि क्षेत्रभित्र उत्खनन वा गिटीबालुवा निकाल्ने कार्य नगर्न साउन १० गते नै प्रदेशभित्रका सबै क्रसर उद्योगहरुलाई संघीय मामिला मन्त्रायको लिखित निर्देशनबमोजिम पत्राचार गरेको थियो । प्रदेश सरकारको निर्देशनबमोजिम १०-१२ दिनभित्रै प्रतिवेदन पठाउने तयारी गाउँपालिकाले गरिरहेको अध्यक्ष पौडेलले बताए ।

यसक्षेत्रमा बालुवा, ढुंगा, गिट्टी निकालेको खण्डमा मोदीखोला, तल्लो मोदीखोला–१, पातीखोला गरी तीन वटा जलबिद्युत आयोजना प्रभावित हुनेछन् । ६ नबर वडामा पर्ने बाग्लुङ पोखरा राजमार्ग र तल्लो डिमुवा बजार, चौकी खतरामा पर्नेछन् ।

बस्तीनै पहिरोको उच्च जोखिममा पर्नेगरी लुकिछिपी बालुवा झिकेर रातारात तस्करी गर्न थालेपछि स्थानीयवासिन्दाले सुरक्षाका लागि पहल गरिदिन सम्बन्धित पक्ष र सरोकारवालसँग माग गर्दै निवेदन नै दिएका थिए ।

भिडियाेमा बालुवा निकाल्दा बनेकेा खाल्डाे पुर्दै

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ