काठमाडौं, साउन २७ ।
हिन्दु नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिए सँगै तीज गीतहरु पनि पछिल्लो समय आउने क्रम जारी छ । यसैक्रममा नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल गायिका सञ्जिता श्रेष्ठको तीज गीत पनि हालसालै बजारमा आएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चित लोकदोहारी गायिका श्रेष्ठको “ग्यारेन्टी सुन भो मलाई चाहीएन” बोलको मौलिक नेपाली तीज गीत युट्युव मार्फत हालसालै सार्वजनिक गरिएको हो ।
नेपाली सांगितिक क्षेत्रमा एक पछि अर्काे चर्चित गीत बजारमा पस्कदै गएकी गायिका सञ्जिताको यस तीज गीतले चर्चा बटुल्दै गएको छ । रुस्लोना डिजीटल प्रा.लि ले प्रस्तुत गरेको उक्त गीतमा गायिका श्रेष्ठलाई चर्चित गायक कमल सुशान्त केसीले साथ दिएका छन् ।
गीतमा श्रीमानले छापावाला सुन किन्न नसक्ने परिस्थिति दर्शाइएको छ भने श्रीमतिले ग्यारेन्टी वाला सुनले चित्त नबुझाउने भाव झल्काइएको छ । गीतको म्यूजिक भिडियोमा टिका जैसी र पृथ राना फिचरिङ भएका छन् ।
कृष्ण थापा वियोगीको शब्द रहेको उक्त गीतमा संगीत गायक कमल शुसान्त केसीको नै रहेको छ ।