‘बिम्स्टेकमा व्यापार विस्तारका विषय उठ्नुपर्छ’

‘बिम्स्टेकमा व्यापार विस्तारका विषय उठ्नुपर्छ’

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, २६ साउन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उहाँहरुको जोड थियो ।

पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताउनुभयो । नेपालको ९७ प्रतिशत व्यापार भारतसँग हुँदै आएको र अन्य मुलुकसँगको व्यापार नगन्य देखिएको उहाँको भनाइ थियो ।

पूर्वराजदूत प्रद्युम्न शाहले थाइल्याण्डको पहलमा बिम्स्टेकको जन्म भए पनि थाइल्याण्डको झुकाव आसियानसँग भएकाले बिम्स्टेकले प्रगति भएको छैन भन्नुभयो । उहाँले बिम्स्टेक बडापत्र बनाउने, बैंक स्थापना गर्नेजस्ता दूरदृष्टिसहितको तस्तावेज तयार गर्ने छलफल हुनुपर्ने औँल्याउनुभयो । आगामी भदौ १४ र १५ गते राजधानीमा बिम्स्टेकको चौथो शिखर सम्मेलन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ