नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र ‘शिरफूल’को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत अपलोड गरिएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।
‘शिरफूल’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
यस अघी नै चलचित्रको दुई गीत ‘आज किन’ र ‘शिरफूल’ टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ । चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।
नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । ‘शिरफूल’मा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।
https://youtu.be/kDefwmC5u1A
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline