काभ्रे संगम म्युजिक प्रा.लिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्ले को लोकदोहोरी गित “चट्ट पिरिम “बजारमा आएको छ । म्युजिक नेपाल मार्फत युटुबमा सार्वजनिक भएको उक्त गित छोटो समयमा नै दर्शक श्रोताको मनमा बस्न सफल भएको छ ।
पछिल्लो समय चर्चामा रहेका काभ्रेली युवा गायक किरण गौतमको याे गित लोकलयमा आधारित छ । याे गीतमा गौतम र काभ्रेली नव गायिका मिश्रा काफ्लेले आबाज दिएका छन् ।
विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको यस लोकदोहोरी गितमा युवा उमेरमा हुने चंचलता ख्याल ठट्टा र प्रेमिल भावना साथै ग्रामीण भेगको रहन सहन र लोक बस्तिलाइ आधार मानेर गायक किरण गौतमले आफुले देखेका र भोगेका कुरालाइ शब्दमा उताररे लेखेको बताए ।
यस अघि काभ्रे संगम म्युजिक प्रा लि मार्फत गायक किरण गौतम र गिता देविले गायको “चटक्कै ” र काभ्रे जिल्ला मायाको लाल किल्लाले दर्शक श्रोताले माया गरेर मन परादिए पछी निरन्तर गित संगीत लागेर नयाँ नयाँ सिर्जना गर्न प्रेरणा मिलेको गायक गौतमले बताए ।
करन चैसिरले छायांकन गरेको यस म्युजिक भिडियोलाई मौसम हिमालिले निर्देशन गरेका छ्न। साथै यस लोक दोहोरी गितमा काभ्रेलि संगीतकार बिस्णु तामाङले सङित सम्योजन गरेका छन। हिम सम्झौता प्रा लीले दृश्य निर्माण गरेको यो म्युजिक भिडियोलाइ मनोस कार्किद्वारा सम्पादन गरिएको छ।
लोक दोहोरी गित चट्ट पिरिमको म्युजिक भिडियोमा रामजि खाड र करिस्मा ढकालको बिशेष अभिनय र प्रस्तुति रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline