धुम ३ प्रदर्शन हुन लाग्दा जय किशन बस्नेतको यस्तो लफडा (भिडियो सहित)

धुम ३ प्रदर्शन हुन लाग्दा जय किशन बस्नेतको यस्तो लफडा (भिडियो सहित)

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

काठमाडौं । हुन त हलिउड देखि बलिउडसम्म पनि चलचित्रहरुको प्रदर्शन हुने बेलामा निर्माता निर्देशक मात्र नभई नायक नायिकाहरु पनि विभिन्न प्रकारका स्क्याण्डल मच्चाएर आफ्नो चलचित्रको प्रचार प्रसार गर्ने गर्दछन् । यो रोग पछिल्लो समय कलिउड सिने बजारमा पनि देखिने गरेको छ । यस्तै १०७ वटा को संख्यासम्म पनि निरन्तर चलचित्रमा अभिनय गरेर सँधै दर्शकको अगाध माया पाउँन सफल नायक जय किशन बस्नेत आफु निर्मित, निर्देशित तथा अभिनित चलचित्र “धुम ३” को प्रदर्शन मिति नजिकिदै गर्दा लफडामा परेका छन् । उनी लफडामा पर्नुको कारण नायिका एलिना रायमाझीको नक्कले भेना बन्नुले गर्दा हो । आखिर किन परे त यस्तो लफडामा भनेर हामीले बुझ्दा बल्ल थाहा भयो उनले आफ्नो अभिनय यात्रामै म्युजिक भिडियोको रुपमा पहिलो पटक अभिनय गरेको गीतको बोल नै नक्कले भेना रहेछ । अर्थात उनले अभिनय गरेको “नक्कले भेना २” बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली चलचित्रमा दिनानु दिन लागि परि रहेका बेला पहिलो पटक “नक्कले भेना २” मा अभिनय गरेका जय किशन बस्नेतलाई पहिलो म्युजिक भिडियो सार्वजनिक हुनासाथ अन्य भिडियो खेल्नको लागी अफरको थुप्रो लागेको छ । संयोग त के पनि मिलेको छ भने बस्नेतले उक्त म्युजिक भिडियोमा आफ्नै निर्माण तथा निर्देशन र अभिनय रहेकोे चलचित्र “धुम ३” की नायिका एलिना रायमाझीसँग कम्मर मर्काएका छन् । चलचित्रको पर्दामा झैं बस्नेतको हाँस्य चरित्र यस भिडियोमा पनि देखिएको छ । हाल आफ्नो ब्यानर सहित अन्य ब्यानरका चलचित्रहरु पनि प्रदर्शनको मुखमा रहेकोले उक्त चलचित्रलाई पनि प्रचार प्रचारमा सघाउँनु आफ्नो कर्तब्य ठानेका बस्नेतले हाल म्युजिक भिडियोमा खेल्न अफर गर्ने सर्जकहरुलाई समय अभावले निरास बनाउँनु पर्दा आफु दुखी हुुनु परेको बताए । म्युजिक भिडियोमा खेल्दै नखेल्ने भन्दा पनि चलचित्रको काम बाहेक समय मिलेमा अभिनय गर्ने उनले बताए । चलचित्रमा चल्दा चल्दै तीजको भिडियोमा नै पहिलो पटक किन नि ? भनी गरिएको प्रश्नमा आफु एक कलाकार भएको नाताले कलाकारिताका हरेक विधामा दर्शकको प्रतिक्रिया लिनु आफ्नो धर्म सम्झेर निर्वाह गरेको उनले बताए । चलचित्रको पर्दामा झैं “नक्कले भेना २” को म्युजिक भिडियोलाई दर्शकले त्यसरी नै मन पराए भने जय किशन बस्नेतको व्यस्तताले अर्कै मोड लिने पक्का छ । स्मरण रहोस् हाल बस्नेतले अभिनय गरेको हाँस्य टेलिचलचित्र शेरेले हसाउँछ रमाईंलो टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार प्रशारण भई रहेको छ भने उनको आफ्नो होम प्रोडक्सनको चलचित्र “धुम ३” भाद्र २२ गते देखि प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् जय किशन बस्नेतको पहिलो म्युजिक भिडियो

https://youtu.be/NpvFtsNXtKc

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी