काठमाडौँ । तपाईको हातमा मोबाल छ ? छ भने म्युजिकल्ली र इन्स्ट्राग्राम एप्प पक्कै पनि चलाएकै हुनु पर्छ । यदी तपाई म्युजकल्ली एप्प युजर हुनुहुन्छ भने रेश्मा घिमिरेलाई तपाइले नचिन्ने कुरै भएन । पछिल्लो समयामा म्युजकल्ली एप्पमा टे«न्डिङमा अगाडि रहेकी रेश्मा घिमिरेलाई अब तपाईले पहिलो पटक म्युजिक भिडियोमा देख्न पाउनुहुने भएको छ ।
सागर राजको शब्द, स्वर, संगीत र निर्देशनमा बनेको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडियो उनलाई सागर राजसँगै देख्न सक्नुहुने छ । साथै तपाईले आफू पनि म्युजिकल्लीमा जोडिन चाहानुहुन्छ भने तपाइले Reshma Ghimire गरी सहभागिता जनाउन सक्नुहुने छ ।
उनले यस म्युजिक भिडियोमा सागर र रेश्माले निक्कै मेहनत गरेर आफ्नो कला देखाएका छन् । रेश्मा र सागर राज नेपाली कलाकारिता क्षेत्रमा बहु प्रतिभाशाली ब्यक्तिहरु हुन् । उनीहरु भविश्यमा राम्रो कलाकारका रुपमा स्थापित हुन सक्ने देखिन्छ ।
लामो समयदेखि संगीत क्षेत्रमा विभिन्न विधाबाट आफ्नो क्षमता देखाउँदै आएका सागर राजको ‘झिम झिम गर्ने परेली’ बोलको गीत पछिल्लो पटक बजारमा आएको हो । यो गीतमा अहिलेसम्म बजारमा आएका गीत, संगीत र भिडियोभन्दा विल्कुलै फरक प्रस्तुती रहेको छ ।
यसअघि उनले निर्देशन गरेको म्युजिक भिडियो ‘पानी पर्यो असिना झर्यो, तिते करेली, चुम्बक, तिरिकिटिताका, जस्ता दर्शक श्रोताले निक्कै रुचाएका चर्चित गीतहरुको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
सागर राज म्युजिक भिडियो निर्देशक मात्रै नभएर गीतकार, संगीतकार र गायक पनि हुन् । उनले लेखेका थुप्रै गीतहरु ‘कठै बरा’, ‘झालेमाले भाई’, ‘सोँचिरहेछु’ जस्ता थुप्रै गीतहरु निक्कै चर्चित छन् ।
https://youtu.be/D2gl0-XurEg
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline