महारानी आयो बजारमाः मास्टर , शितल र कलाको हेर्नुहोस् लडाई

महारानी आयो बजारमाः मास्टर , शितल र कलाको हेर्नुहोस् लडाई

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाण्डौ ।
नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शितल शर्मा र शिव हमालले नयाँ तीज कोशेली महारानी लिएर आएका छन् ।

नेपाली परिवेशलाई समेटेर हास्यब्यङग्यात्मक रुपमा तयार पारिएको महारानीको म्युजिक भिडियो बजारमा आएको छ ।

तीजमा माईत जान खोज्ने बुहारी र रोक्न खोज्ने सासु तथा श्रीमानबीच हुने गरेको पारिवारीक झगडालाई म्युजिक भिडियोमा ठट्यौली पारामा उतारिएको यो गीतले नेपालको ग्रामिड भेगका महिलाहरुलाई बढी प्रतिनिधित्व गरेको पाईन्छ ।

शिव हमालको लय तथा शब्दमा रहेको गीतको म्युजिक भिडियोमा शितल शर्मा , राजु मास्टर तथा कला लम्सालले अभिनय गरेका छन् । दुर्गा पौडेलको निर्देशन, कुमार राना को मिक्सिङ र कुमार रानाको एरेन्ज रहेको महारानीको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् भने शितल मिडियाले बजारमा ल्याएको मारुनी डिजिटलमा रेकर्ड गरिएको यो गीतको भिडियोको दृश्य निर्माण एकता फिल्मस्ले गरेको छ ।

गीतमा बोलिचालिकै भाषाको प्रयोग गरिएकोले पनि मिठास भरिएको छ ।

 

https://youtu.be/DzkAMVMN1Zg

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी