चलचित्र ‘बाबु कान्छा’ शुक्रबार प्रदर्शनमा आउदैँ , रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठकाे राेमान्स

चलचित्र ‘बाबु कान्छा’ शुक्रबार प्रदर्शनमा आउदैँ , रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठकाे राेमान्स

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

भाेली शुक्रबार अर्थात् असार २९ गते चलचित्र ‘बाबु कान्छा’ प्रदर्शनमा आउदैँ छ । उक्त चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक भइसकेको छ ।सार्वजनिक गीतमा रियल जोडी सलोन बस्नेत र  करिश्मा श्रेष्ठलाई फ़िचरिङ्ग गरिएको छ ।
प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र  ‘बाबु कान्छा’ ‘मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ।
टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको  घले गाउमा छायांकन गरिएको गीतमा  हिमाल को रमरीय दृश्यहरु समाबेश गरिएको छ ।
चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेत सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।
शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।
‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ