‘साली कस्को भेनाको’, भदौ २९ गते देशभरका हलमा प्रदर्शन हुने

‘साली कस्को भेनाको’, भदौ २९ गते देशभरका हलमा प्रदर्शन हुने

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौ ।
हा“स्य प्रदान सामाजीक फिल्म ‘साली कस्को भेनाको’ को ट्रेलर सार्वजनीक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन बिक्रम राई, बुद्धि तामाङ,रजनी गुरुङ,मरिश्का पोखरेल,सुष्मा कार्की,जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ,पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्मको गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।
‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि फिल्म निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाको बाट निकै आशावादी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी