चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिकः पुरै टिम एकैपटक फेसबुक लार्इभमा, के भने हेर्नुहाेस्

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिकः पुरै टिम एकैपटक फेसबुक लार्इभमा, के भने हेर्नुहाेस्

  • आइतवार, असार २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

 

हेर्नुहाेस लाइभमा अाएर कस्ले के भने ?

https://www.facebook.com/MariskaPokharel/videos/10212730770293082/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी