फर्स्ट लुकमा यस्तो देखियो हिमाली कथाबस्तुको ‘म्हेन्दू’

फर्स्ट लुकमा यस्तो देखियो हिमाली कथाबस्तुको ‘म्हेन्दू’

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, असार २२ ।

हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानि भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ ।

डोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले डोल्पाका स्थानिय बासिन्दाको अवस्था र भोगाइलाई चित्रण गरेको निर्माता डोटेलले बताएका छन् । देब नेपालको निर्देशनमा बनेको चलचित्र करिब एक करोडको लागतमा बनेको हो ।

भोला तिमल्सिना , रमेश सोडारी ,सोनु राइ ,राजकुमार श्रेष्ठ , बाबुराम शाक्य , बिन्दा थिङ्ग, कालु राना लगाएत कलाकार को चलचित्रमा मुख्य भूमिका रहेको छ ।

मारोन मुभीजको ब्यानरमा बनेको यस चलचित्रको माध्यमबाट उक्त स्थानको रहनसहन चालचलन रितिरिवाज भेषभुषा संगै पर्यटकीय स्थल, सास्कृतिक सम्पदा र भौगोलिक अबस्थाको सजिब चित्रण गर्ने प्रयास गरिएको निर्माता डोटेलले जानकारी दिएका छन् ।

चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रक बुद्धिमान तामाङ सह निर्माता हुन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दुलाइ रोहित बिक्रम कार्कीले खिचेका हुन् । राजु किरात चलचित्रका द्वन्द निर्देशक हुन् ।

पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको सब्द रहेको चलचित्रमा समाबेस गीतमा कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । मेलिना राइ , बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाले चलचित्रका गीतमाआवाज भरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी