काठमाडौं, असार ९ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले आज अपरान्ह ३ बजे बोर्ड बैठक डाकेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनु भयो ।
गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिनेछ ।
त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।
यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।