भक्तपुर, ४ असार ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका जानकारी दिँदै कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गर्ने बताउनु भयो ।
यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।
नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेभसाईडमा गएर हेर्न सकिनेछ ।