फणीन्द्र सुवेदीको ठेट रोईला गीत ‘सुनकाटी जन्तरै’ यूट्यूबमा सार्वजनिक(भिडियाे)

फणीन्द्र सुवेदीको ठेट रोईला गीत ‘सुनकाटी जन्तरै’ यूट्यूबमा सार्वजनिक(भिडियाे)

  • सोमवार, जेष्ठ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं । लोक गायक फणीन्द्र सुवेदीको सुनकाटी जन्तरै ठेट रोईला गीत हालै यूट्यूबमा सार्वजनिक भएको छ  ।लोकगीतको सङ्ग्रह पुर्खादेखि एल्बमको यो गीत प्रथम पटक २०३४ सालमा लोक गायक फणीन्द्र सुवेदी र वरिष्ठ गायिका तिर्थकुमारीको स्वरमा रेकर्ड भएको थियो ।

शुभग संगीत प्रतिष्ठानको प्रस्तुति रहेको गीत त्यसताका निकै चर्चित थियो । चालिस वर्षपछि यो गीतलाई गायक फणीन्द्र सुवेदी र गायिका माण्डवी त्रिपाठीको स्वरमा पुनः रेकर्ड गरिएको छ  ।

यस गीतका संकलक श्री दिपक विश्वकर्मा र श्रीमति मिला सुवेदी हुनुहुन्छ । ६० वर्षीय सुवेदी भोजपुरको दिङलामा जन्मेर राजधानीमा बसोबास गर्दै गीतसंगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

उहाँले २०३४ सालमा रोइला गीत रेडियो नेपालमा रेकर्ड गराएपछि सुरु भएको गायन यात्रा बीचमा केही वर्षको लागि रोकिएको थियो ।

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा काम गर्ने सिलसिलामा व्यस्तताका कारण उहाँले सांगीतिक यात्रालाई केही समय विश्राम दिनुपरेको थियो ।

https://youtu.be/Hq1-a9gx_I4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी