अखिल (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनद्वारा अन्तरक्रिया गर्दै, पार्टी प्रमुखहरूको सहभागीता हुने

अखिल (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनद्वारा अन्तरक्रिया गर्दै, पार्टी प्रमुखहरूको सहभागीता हुने

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, २७ जेठ । नेकपा निकट अखिल (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनकाे संयुक्त अायाेजनामा अाज ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम हुँदै छ। बिहान ११ बजे प्रज्ञाप्रतिष्ठान, कमलादीमा हुने अन्तरक्रियामा ८ वटै सम्वन्धित संगठनका पार्टी प्रमुखहरूको सहभागीता हुने छ । अन्तरक्रिया कार्यक्रममा डा. बावुराम भट्टराई , राजकिशोर यादव , उपेन्द्र यादव, सी.पि गजुरेल., नेत्र विक्रम चन्द ” विप्लव” , .सि. पि म‌ैनाली , गोपाल किराँती , चन्द्रबहादुर थापा ” सागर ” ले आठ विद्याथी संगठनले गरिरहेको आन्दोलनमा समर्थन गर्ने बताइएको छ ।
यस अघि ८ विद्यार्थी संगठनले बैठक बसेर निजी शिक्षामा तीव्र गतिमा बढिरहेको निजी तथा व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष कार्यक्रम तय गर्न र सार्वजनिक शिक्षामा नागरिकको पहुँच वृद्धि गराउन एउटा शक्तिशाली कार्यदल गठन गर्ने निर्णय समेत गरिसकेको विज्ञप्ति जारी गरि जनाएका छन ।

बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र निजी शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिएका छन् ।

८ विद्यार्थी संगठनले ओली सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धिले सर्वसाधारण चरम महँगीको मारमा परेको भन्दै वृद्धि गरिएको मूल्य तुरुन्त फिर्ता गर्न माग गरेको हो । उनीहरुले आफ्नो मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

यसैगरी उनीहरुले निजी बिद्यालयले मुल्य वृद्धि गरेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको तर सरकारले बेवास्ता गरेको भन्दै सरकारको घोर भत्सर्ना गर्नुका साथै अक्रोश समेत व्यक्त गरेका छन् । शान्तिपूर्ण तवरबाट मूल्य वृद्धि फिर्ता गर्न र निजी शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क फिर्ता गर्न आठ विद्यार्थी संगठनले गरिरहेको प्रयासलाई सरकारले नजरअन्दाज लगाएर पेलेर जाने कोसिस गरेको भन्दै मागहरु सुनुवाई नभए जस्तोसुकै संघर्षमा जान आपूmहरु तयार रहेको समेत बताएका छन् ।

बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियु (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल क्रान्तिकारीका नेतृत्व सहभागी थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी