वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा, कुन जिल्लाबाट कति जान्छन् बिदेश ?

वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा, कुन जिल्लाबाट कति जान्छन् बिदेश ?

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

राजविराज, २६ जेठ।

गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।

राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ ।

चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएको केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताउनुभयो ।

केन्द्रका अनुसार, आव २०६८÷०६९ देखि आव ०७३÷०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी मलेशियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, युएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१÷७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी निवेदन दिएको केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याँक अनुसार, राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् ।

स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट तीमध्ये ८१८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी