२५ जेठ,काठमाडौँ । सरकारकै संरक्षणमा भ्रष्टचार, दलालीकरण र माफियाकरण माैलाईरहेकेा भन्दै त्यसकाे बिराेधमा अखिल(क्रान्तिकारी) सहित अाठ बिद्यार्थी संगठनले विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
मनपरी ढंगबाट बढाइएको शूल्क फिर्ता, पेट्रोलियम पदार्थको मुल्य फिर्ता र शैक्षिक क्षेत्रमा दलालीकरण र माफियाकरण मौलाइरहेको र उनीहरूकाे संरक्षण सरकारले गरेकाे भन्दै पार्टी प्रमुखको उपस्थितमा जेठ २७ गते उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हाे ।
विहीबार अखिल क्रान्तिकारीको कार्यालयमा बसेको संयुक्त बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न आपूर्ति मन्त्री मातृका यादवलाई चेतावनी दिएको छ । मूल्य वृद्धिले सर्वसाधारण हरेक क्षेत्रमा चरम महंगीको मारमा परेको भन्दै तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । मूल्य फिर्ता लिन ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति व्यक्त गरिएको छ ।
बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियु (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र राष्ट्रवादी विद्यार्थी संघ सहभागी थिए ।
