पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न मन्त्री यादवलाई चेतावनी, यस्ता छन् बैठकका निर्णय

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न मन्त्री यादवलाई चेतावनी, यस्ता छन् बैठकका निर्णय

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

२४ जेठ,काठमाडौं । अखिल (क्रान्तिकारी) सहित आठ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न आपूर्ति मन्त्री मातृका यादवलाई चेतावनी दिएका छन् ।

नीजि क्षेत्रका शिक्षण संस्थारुमा बढोत्तरी रहेको शैक्षिक विकृति र वेथिति तथा वृद्धि शुल्क अन्त्यको माग संघर्षरत          बिद्यार्थी संगठनकाे बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले ओली सरकारले पेट्रोल डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धिले सर्वसाधारण हरेक क्षेत्रमा चरम महंगीको मारमा परेको भन्दै वृद्धि गरिएको मूल्य तुरुन्त फिर्ता गर्न माग गरेको छ । मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । चार बुँदे मागसहित बैठकपछि बिहीबारै संयुक्त रुपमा एक प्रेस विज्ञिप्त जारी गरिएको छ ।

वृद्धि गरेदेखि सरकारले ध्यानाकर्षण गराउँदै आइरहेको तर सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सरकारको निर्णयको घोर भत्सर्ना गर्नुका साथै अक्रोश व्यक्त गरेका छन् । शान्तिपूर्ण तवरबाट मूल्य वृद्धि फिर्ता गर्न र नीजि शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क फिर्ता गर्न आठ विद्यार्थी संगठनले गरिरहेको प्रयासलाई सरकारले नजरअन्दाज लगाएर पेलेर जाने कोशिस गरेको भन्दै मागहरु सुनुवाई नभए जस्तोसुकै संघर्षमा जान आफूहरु तयार रहेको बताए ।

आफुहरुले उठाएको माग सर्वसाधारण नागरिक र उपभोक्ताको भएको भन्दै अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्रले सरकार पेलेरै जान खोज्छ भने चुप लागेर नबस्ने चेतावनी दिए । बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल क्रान्तिका नेतृत्व सहभागी थिए ।

आउँदो जेठ २७ गते संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया गर्ने, निजी शिक्षामा तीव्र गतिमा बढिरहेको नीजि तथा व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष कार्यक्रम तय गर्न र सार्वजनिक शिक्षामा नागरिकको पहुँच वृद्धि गराउन एउटा शक्तिशाली कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको विज्ञिप्तमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी