वृद्धि गरेको शूल्क फिर्ता गर्न माग गर्दा दादागिरि देखाएको भन्दै अखिल(क्रान्तिकारी)ले दल्यो कालोमोसो

वृद्धि गरेको शूल्क फिर्ता गर्न माग गर्दा दादागिरि देखाएको भन्दै अखिल(क्रान्तिकारी)ले दल्यो कालोमोसो

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले विद्यामन्दिर उच्च मावि अछामका प्रधानाध्यापक वीरबहादुर शाहीलाई कालोमोसो दलेको छ ।

प्रअ शाहीलाई मंगलबार बिहान १० बजे अछामको विनायकस्थित उच्च माविको अाफ्नै कार्यकक्षमै रहेका समयमा कालोमोसो दलिएको बताइएको छ ।

केही समयपहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो ।

प्रअ शाहीले मागको सुनुवाई गर्नुको साटो ताला फोडेर दादागिरी देखाएकोले चेतावनीस्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी अछामले जनाएको छ । बढाएको शुल्क तत्काल फिर्ता गर्न समेत क्रान्तिकारीले माग गरेको छ ।

आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी