८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल, शिक्षण संस्था बन्द

८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल, शिक्षण संस्था बन्द

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

२१ जेठ,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् ।विद्यार्थी संगठनकाे हड्तालका कारण अाज शैक्षिक संस्था सबै ठप्प छ ।

नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए ।

शैक्षिक मागसँगै सरकारले बढाएको पेटोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी