एलिशाको ‘मखमली चोली’ (भिडियो)

एलिशाको ‘मखमली चोली’ (भिडियो)

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौंः गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन खतिवडाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।
पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। गायक सुमन भन्छन्, ‘गीतमा धेरै मेहनत गरिएको छ। मेहनत अनुसार दर्शक(श्रोताले रुचाउने आशा लिएका छौं।’
त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकार्षित भएको कुरालाई गीतको मध्यमबाट उत्तारिएको गीतकार अम्बिका गुरुङले बताइन्। गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन्।


शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्रि खुबै मिलेको देखिन्छ। भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापा बताउँछन्।
राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन्।

हेर्नुहोस् भिडियो :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी