काठमाडौं, जेठ १६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा उहाँले लगानीका लागी अहिले उचित वातावरण भएको पनि बताउनु भयो ।
मन्त्री यादवले कतारमा कार्यरत् चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गर्नुभएके थियो ।
जवाफमा कतारी राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेकाले द्विपक्षीय लगानीका सम्झौता गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।
उहाँले कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाले नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो ।
नेपालले कतारमा चिया, कफी एवं हातेकागज निर्यात गर्दै आएको छ ।