२ जेठ, काठमाडौं ।
सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । अब भिसा लागिसकेका बाहेक कामदार तत्कालै मलेसियामा जान पाउने छैनन् ।
पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको हो । मलेसियाको नेपालस्थित दूतावासले नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानविनमा सघाउने बताएको छ ।
मलेसियाको नयाँ सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको पनि छैन ।नेपाल सरकारको यो कटम सँगै वार कि पारको ‘लडाइँ’ सुरू भएको छ ।
पूर्व स्वीकृति रोकिएपछि मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दाबव पर्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
तर मलेसियाको नयाँ सरकारले यहाँ विभिन्न नाममा कामदारसँग रकम असुल्ने गरी खडा गरिएका संयन्त्र हटाउने निर्णय कहिले गर्छ भन्ने टुंगो छैन ।
श्रममन्त्री गोकर्ण बिष्टले युवालाई रोजगारीका लागि जाँदा नै ऋणको भारी बोक्नुपर्ने गरी अवैध रुपमा भइरहेको असुलीलाई वैधानिकता दिन नसकिने बताउनु भएको छ ।
मलेसियामा भर्खरै निर्वा्चित भएका नयाँ प्रधानमन्त्री महाथिर बिन महोम्मदले चुनावअघि मलेसियामा अवैध रुपमा बसेका कामदारलाई ‘वैध’ बनाउन विशेष योजना ल्याउने बताउनुभएको थियो ।