त्रि.वि. सुधारका लागी अखिल (क्रान्तिकारी)काे ९ बुँदे माग, बेवास्ता गरिए अान्दाेलन गर्ने चेतावनी(मागपत्रसहित)

त्रि.वि. सुधारका लागी अखिल (क्रान्तिकारी)काे ९ बुँदे माग, बेवास्ता गरिए अान्दाेलन गर्ने चेतावनी(मागपत्रसहित)

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं, ११ जेठ ।

अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय सुधारका लागी बिभिन्न ९ बुँदे माग सहित आन्दोलनमा उत्रिएको छ ।

त्रिविमा केहि जिम्मेवार व्यक्तिले निजि संघ सस्थालाई यो या त्यो बहानामा बिद्यार्थीको हित बिपरित भित्र्याउने गरेकोमा गम्भीर ध्यान आकर्षण भएको जनाउदै ९ बुँदे माग पत्र बुझाएको हो ।

अखिल (क्रान्तिकारी)का त्रि.वि ईन्चार्ज कमल बडुवालको हस्तार रहेको माग पत्रमा क्याम्पसभित्र रहेका क्यान्टिनहरुलाई व्यावस्थित गरि मूल्यसुची राखेर गुणस्तरीय खानेकुरा खुवाउने, त्रि.वी छात्रावासको संरचनालाई अतिक्रमण गरेर बसेका सेवा आयोग, ललित कला र आँखा अस्पताललाई तत्काल हटाउनु पर्ने र प्राइभेट संघ सस्था, बैंक तथा बिद्यार्थीको हित विपरित भित्र्याउने प्रयास रद्ध गर्नुपर्ने लगायतका माग गरिएको छ ।

यस्तै विश्वविद्यालय क्याम्पस त्रिवि भित्रको पुस्तक पसललाई व्यवस्थित र बिद्यार्थीलाई सहुलियत गर्ने व्यावस्था गर्नुपर्ने, त्रात्र छात्रावासमा इन्टरनेटको व्यावस्था, फोहर व्यावस्थापन, विजुली बत्तिको व्यावस्था, भवनको मर्मत सम्हार तथा निर्माण र सफा पानीको व्यावस्था, बिद्यार्थीलाई खेलकुदका साम्रगी उपलब्ध गराउनुपर्ने र खेलकुदको आयोजना पनि गर्नुपर्ने कार्यलय समयमै कर्मचारी उपस्थित हुने व्यावस्था रत्रिवि भित्रका सबै विभागमा फोहर व्यावस्थापनका सबै उपाय अपनाउनुपर्ने र पठनपाठनलाई बाधा पुग्नेगरी कुनै भौतिक संरचना , संघ सस्था स्थापना गर्न र बाह्य गतिबिधि हरु बन्द गर्न पनि माग गरिएको छ ।

७ दिनभित्र उक्त मागहरुको सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने समेत चेतावनी दिईएको छ । संगठनका केन्द्रीय सदस्य कलम बडुवालको नेतृत्वमा आज गएको विद्यार्थीको टोलीले सो माग पत्र बुझाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी