बिवाद मिलाउन खप्पिस प्रियंका, मिलाईन् यी दुई जोडीलाई

बिवाद मिलाउन खप्पिस प्रियंका, मिलाईन् यी दुई जोडीलाई

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुनेगर्छिन् ।
नायिका प्रियंका कार्की चलचित्र, बिज्ञापन र म्युजिक भिडियोको साथमा मेलमिलापकर्ता पनि बनेकी छिन् । तर त्यो बास्तविकतामा नभएर एउटा छोटो चलचित्रको लागि हो । सङ्घीय मामला तथा स्थानिय विकास मन्त्रालयको लागि जाइका नेपालको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्र ‘गाउँको मेलमिलाप’मा उनी मेलमिलापकर्ता बनेकी हुन् । चलचित्रमा उनले दुई जोडीको बिवाद मिलाएकी छिन् ।
दीपक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘गाउँको मेलमिलाप’मा हरिजंग थापाको पटकथा तथा संवाद छ । दिनेश कुमार थपलियाको लेखनमा बनेको चलचित्रमा गोकुल अधिकारीको सिनेम्याटोग्राफी, अमन मानन्धर र अशोक चौधरीको सम्पादन छ । चलचित्रमा प्रियंकाको साथमा देशभक्त खनाल, मिश्री थापा, शम्भु थापा, प्रिया रिजाल, दीपक आचार्य, विनोद राई, काजी रम्तेल लगायतका कलाकारहरुको अभिनय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी