फुर्वा शेर्पा / सेालुखम्बु,९ जेठ ।
सेालुखम्बु जिल्लास्थित दुधकुन्ड नगरपालिका २ हिमालयन शेर्पा बुद्धिस्ट आधारभूत विधालयकेा भुकम्प पुर्ननिर्माण भवन भर्खरै सम्पन्न भएपनि प्रयेाग गर्न नमिल्ने भएकेा छ ।
८ केाठे नया विधालय भवन निमार्णकेा जिम्मा लिएका पुन्य बहादुर खत्रीले कमसल समाग्रीकेा प्रयेाग गरिएकेाले उक्त भवनमा विधार्थी राख्न नमिल्ल्ने साथै जेाखिमपुर्ण रहेकेा स्थानीय पेमा छेवाड० शेर्पाले बताउनु भयेा ।
विधालय भवन भुकम्पीय मापदण्ड विपरीत छ, नक्शा अनुसार निर्माण भएकेा छैन कुन तारिकाले इन्जिनियरले भवन पास गरेकेा हेा बुझ्न नसकेकेा शेर्पाले बताउनु भयो ।
पुनर्निर्मित विघालय भवन निर्माणा कार्यमा प्रधानध्यापक गेाविन्द बहादुर बस्नेत, ठेकेदार पुन्य बहादुर खत्री र जिल्ला शिक्षा अधिकृत डिकबहादुर राईकेा मिलेमतेा रहेकेा उहाँको भनाई छ ।
कुल ६० लाख रूपैयामा निमार्ण सम्झैाता भएकेा उक्त भवनकेा छानविन प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सल्लेरीमा निवेदन समेत दिइसकेकेा एक स्थानियले बताए ।
विधालय भवन निर्माणामा भएकेा चरम लापारबाही प्रति विधालय व्यवस्थापन समितिकाअध्यक्ष तथा समिति भने मैान रहेकेा छ । बिद्यायलय निर्माण सम्पन्न भएपनि प्रयोग गर्न नमिल्ने भएपछि सो बिषयमा छानबिन गर्न निवेदन समेत परेको छ ।
भवन पुनर्निमार्ण गरेर जिम्मा दिन्छ अथवा नियमअनुसार क्षतिपुर्ति बेहेार्छ त्येा भने हेर्न बाँकी नै छ हामी निरन्तर फ्लेाअप गरिरहने छैा ।
