बिद्यार्थीलाई जन्मभूमि भारत हो भन्दै सिकाउछ झापाको सूर्योय बोर्डिङ: १० सम्मै भारतीय किताब पढाउदै,स्पष्टिकरण माग

बिद्यार्थीलाई जन्मभूमि भारत हो भन्दै सिकाउछ झापाको सूर्योय बोर्डिङ: १० सम्मै भारतीय किताब पढाउदै,स्पष्टिकरण माग

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

दमक, ३१ वैशाख । झापाको दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले भारतीय पाठ्यपुस्तक पठनपाठन गराउर्दै आएको पाईएपछि स्पष्टिकरण मागिएको छ ।

सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सुर्योदय स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभयो ।

स्कूलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ । स्कूलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने भए पनि हालसम्म त्यसो नगरेको काफ्लेले बताउनुभयो ।

तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने जानकारी दिँदै शिक्षा अधिकृत काफ्ले उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको उल्लेख गर्नुभयो ।

उक्त पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको जानकारी दिँदै उहाँले स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको स्कूल प्रशासनले स्वीकार गरेको र त्यस्ता पुस्तक आजदेखि हटाउने प्रतिबद्धता जनाएको पनि बताउनु भयो ।

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगरभित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी