सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत 

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत 

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ । तिमी र म सिजी घुम्न जाम बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन ।

गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न सकिन्छ । गीतले शाश्वतधामको बयानका साथै पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्न सक्ने देखिन्छ । माया गर्ने जोडिहरुका लागि उदाहरणिय गन्तव्यको रुपमा शाश्वधाम रहेको गीतले बताउछ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको शाश्वतधाम नेपालका धनढ्य बिनोद चौधरीले निर्माण गरेका हुन । दक्षिण भारतीय शैलीमा बनेको मन्दिरमा दर्शन तथा अवलोकनका लागि अहिले दैनिक हजारौ मानिसहरु पुग्ने गरेका छन ।

https://youtu.be/aWQ052F66to

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी