‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने

‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाण्डौ, ३० वैशाख ।
फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । ुफेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छु, फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, ुसमाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं ।ु
ुफेसियल हाउसले समय सान्धर्भिक रुपका फेशनलेबल डीजाईन मेकअप र भबिष्यमा हुने र चल्ने डिजाईन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गर्दै आएको छ । ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियामा अझ बढि समय सान्दर्भिक विम्ब सिर्जना गर्नेछु, फेसियल हाउसकी संचालिका सुष्मा महराले भनिन ।
फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाईनै फेसन भन्ने मान्यतालाई स्थापीत गर्न सवै प्रकारका जिउडाल भएकाहरुलाई मिल्दा फेशन हुनुपर्छ भन्ने हो । मान्छेहरुको उचाई, लम्बाई र चौडाई मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्शाउनुका लागि पनि यो फेसन ट्रेडको आयोजना गर्न लागेको महराको भनाई थियो ।


फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्याम्पमा उतार्न लागिएको छ । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ ।


यसैगरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् ।
कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी