प्रदेशवासीलाई शुभकामना सहितको पहिलो रास्ट्रीय गीत सार्वजनिक (भिडियाेसहित)

प्रदेशवासीलाई शुभकामना सहितको पहिलो रास्ट्रीय गीत सार्वजनिक (भिडियाेसहित)

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

​काठमाण्डौं, २५ बैसाख ।
गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बासी लाई बोलको गीत सार्वजनिक भएको छ ।
यस गीतलाई भावना म्यूजिकले वजारमा ल्याएको हो । पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन । ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बल ( APF ) का प्रतिभावान प्रहरी अधिकृत हुन ।
​ देश संघियतामा गईसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिएर निकालिएको यो पहिलो गीत हो ।
यो गीतले शहर देखि गाँउ सम्मको सडक खानेपानी लगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजेको देखिन्छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता वोलाउनु पर्ने सन्देश दिन खोजेको छ । राष्ट्रिय भावनाले ओतप्रोत युक्त शब्द रहेको यो गित नेपाली साङ्गितिक आकाशमा रास्ट्रीय गीतको रुपमा चिनिने बिस्वास गर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी