निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी लगायतका माग राख्दै सात बिद्यार्थी संगठनद्वारा काठमाडाैंमा प्रदर्शन

निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी लगायतका माग राख्दै सात बिद्यार्थी संगठनद्वारा काठमाडाैंमा प्रदर्शन

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं, २५ वैशाख ।

विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य, निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी तथा सार्वजनिक शिक्षा सुधारको माग राख्दै आज ७ विद्यार्थी संगठनहरुले काठमाडाैंमा विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौं स्थित माइतीघरमण्डलामा आज नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन,  क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठनले  सार्वजनिक शिक्षा सुधार, निजीमा शिक्षामा हुने व्यपारिकरण र राजनीतिक भागबन्डा अन्त्यको माग राख्दै विरोध प्रदर्शन गरेका थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले ‘राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबू, नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता हुनुपर्यो अाफुहरूकाे माग रहेकाे भन्दै उहाँले  सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताउनु भयाे ।

यस्तै  नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष रुपनारायण श्रेष्ठले पनि सरकारले विधार्थी संगठनहरुका माग पूरा नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी