बलिउड अभिनेता रणवीर कपूर डकैत बने !

बलिउड अभिनेता रणवीर कपूर डकैत बने !

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी, वैशाख २४ ।
प्रायः जसो प्रेमी, चुलबुले केटा, गायक तथा रकस्टारको भूमिकामा देखिएका बलिउड अभिनेता रणवीर कपूर पछिल्लो समय एकपछि अर्को गर्दै धमाकेदार फिल्ममार्फत दर्शकसामु आउँदैछन् ।
हालै फिल्म सञ्जय दत्तको बायोपिक ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको थियो । जसको प्रतिक्रियास्वरुप उनको चौतर्फ प्रसंशा भयो । अहिले फेरि उनको अर्को फिल्म ‘शमशेरा’को फस्र्ट लुक सार्वजनिक भएको छ ।
यस फिल्ममा रणवीर कपूर एक डकैतको भूमिका निर्वाह गर्नेछन् । यस फिल्मको निर्माण यशराज ब्यानरले गर्दैछ भने फिल्मको निर्देशन करण मलाहोत्राले गर्नेछन् । फिल्मको पूरा नाम ‘शमशेरा – करम से डकैत, धर्म से आजाद’ राखिएको छ । यसबाट अनुमान लगाउन सकिन्छ रणवीरले यस फिल्मबाट बलिउड करिअरमा एक अर्को कीर्तिमान बनाउनेछन् ।

फिल्म ‘सञ्जु’ प्रदर्शन भएपछि रणवीर यस फिल्मको काम सुरु गर्नेछन् । रणवीरको हाल दुइटा फिल्म पाइपलाइनमा रहेका छन् । ती फिल्म राजकुमार हिरानीको ‘सञ्जु’ र अयान मुखर्जीको ‘ब्रम्हास्त्र’ हुन । रणवीरले यी दुवै फिल्मको छायाँकंनको काम लगभग पूरा गरिसकेका छन् ।

फिल्म ‘ब्रम्हास्त्र’मा रणवीर आलिया भट्टका साथ काम गरिरहेका छन् । यशराज ब्यानरको यस फिल्म ‘शम्शेरा’मा भने रणवीरको जोडीको रुपमा कुन अभिनेत्री हुनेछिन् भन्ने करा भने सार्वजनिक गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी