सरकारले निःशुल्क शिक्षामा जोड दिएको छ: प्रधानमन्त्री ओली

सरकारले निःशुल्क शिक्षामा जोड दिएको छ: प्रधानमन्त्री ओली

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, बैशाख २४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिने बताउनु भएको छ ।

दक्षिण एसियाली बाल अधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रका बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभएको छ ।

उहाले गुणस्तरीय शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएकाले शिक्षामा समानता सरकारको प्राथमिकता भएको बताउनु भयो ।

अझै पनि ग्रामीण क्षेत्रमा धेरै बालबालिका शिक्षाबाट बन्चित हुनु परेको तथ्यांक सरकारसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले अब प्रत्येक बालबालिकाको प्रथम ढोका विद्यालय हुने बताउनु भएको छ । सबै तहका बालबालिकाले शिक्षा लिने वातावरण सिर्जना गर्न सरकारले निःशुल्क शिक्षामा जोड दिएको प्रधानमन्त्रीको भनाई थियो ।

उहाले दक्षिण एसियाका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्न सार्क क्षेत्रका बालअधिकारकर्मी एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएको मनपरीतन्त्रको अन्त्य गरिने बताउनु भयो । उहाले बाल शिक्षालाई प्रभावकारी बनाउन शिक्षालाई ग्रामीणमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

सार्क राष्ट्रका बालअधिकारकर्मीको सामुहिक प्रयास बालबालिकाको हितको लागि हुनुपर्ने उहाको भनाई थियो । तीन दिने सम्मेलनमा सार्क क्षेत्रका बालअधिकारकर्मी सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी