अान्दाेलन नराेकिएकाे सात विद्यार्थी संगठनकाे घाेषणा, आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी

अान्दाेलन नराेकिएकाे सात विद्यार्थी संगठनकाे घाेषणा, आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

२३ वैशाख,काठमाडौं । शिक्षा मन्त्रालयले विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएको भनेर प्रचार गरि भ्रम फैलाएकाे भन्दै अखिल (क्रान्तिकारी) सहितका सात बिद्यार्थी संगठनले अापत्ती जनाएका छन् ।

आइतबार राजधानीमा आन्दोलनरत सात विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन नरोकिएको र थप सशक्त बनाउन नयाँ संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।शिक्षा विभागले बैशाख २२ गते एक विज्ञप्ति निकालेर विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएको जनाएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यर्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी फोरम, नेपाल र अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्बाङ र राष्ट्रवादी विद्यार्थी संघसहितका सात विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै यही बैशाख २७ गतेसम्मको लागि दैनिक संघर्षका सूची सार्वजनिक गरेका छन् ।

शनिबार शिक्षा मन्त्रालयले विद्यार्थीको आन्दोलन फिर्ता भएको विज्ञप्तिको भत्सर्ना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर चल्ने सम्मेलनमा उपस्थित नेताहरुले प्रष्ट पारेका छन् । उनीहरुले शिक्षा मन्त्री र मन्त्रलायलाई आँखा र मस्तष्किको उपचार तत्काल गरेर स्वस्थ भएर आउन पनि ब्यांग्यात्मक आग्रह गरे ।

सात विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा भएको चर्को शुल्क असुली, पाठ्ययुस्तक र पोशाकमा ब्रम्हालुट, विद्यालयहरुले क्यान्टिनलगायत ठाउँबाट विद्यार्थीबाट महंगी रकम असुल्ने र दुषित खानेकुरा हटाउनसमेत अटेर गरेको भन्दै सबै किसिमका लुट र विकृति अन्त्य गर्न संघर्षको कार्यक्रम घोषणा गरेको बताए ।

वितरित विज्ञिप्तअनुसरा ‘वैशाख २३ गते पक्रकार सम्मेलन, वैशाख २४ गते चेतावनी पत्र बुझाउने, वैशाख २५ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने, वैशाख २६ गते संयुक्त अन्तक्र्रिया गर्ने र वैशाख २७ गते संयुक्त बैठक बसी शैक्षिक हड्तालसहितथको बहिस्कार र प्रतिरोधात्मक संघर्षको कार्यक्रम घोषणा गर्ने’ उल्लेख गरिएको छ ।

शिक्षा मन्त्रालय मातहत रहको शिक्षा विभागले सत्ताधारी पार्टीका विद्यार्थी नेताहरुको हवला दिँदै विद्यार्थी संगठनहरुले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको भन्दै शनिबार एक प्रेस विज्ञप्ति निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी