नेपाली नायिकाहरू : काेहि सेक्स भिडियोले गुमनाम र बदनाम भए ! केहीले आत्महत्या गरे

नेपाली नायिकाहरू : काेहि सेक्स भिडियोले गुमनाम र बदनाम भए ! केहीले आत्महत्या गरे

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुने क्रम रोकिएको छैन । विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राखेका छन् । त्यसमा नेपाली सेलिब्रिटीका ‘लिक’ भएका भिडियोहरू चर्चामा छन् ।

नेपालमा चलेका साइटहरू मध्ये विश्वविख्यात पोर्न साइटहरू उच्च स्थानमा आउँछन् जहाँ नेपाली युवती र सेलिब्रिटीका सेक्स भिडियो राखिएका छन् । विश्वमा पोर्न फिल्मबाट साधारण जीवनमा उत्रिएका कतिपय उदाहरण पनि छन् ।

यस्ता भिडियो बनाएका कसुरमा कतिपय कलाकारले जेल जीवन पनि बिताइरहेका छन् । हास्य गायक प्रकाश ओझा दोस्रो पटक जेल जानुको कारण उनले बनाएको भनिएको सेक्स भिडियो सार्वजनिक हुनु थियो । ०६१ सालमा पक्राउ गरी जेल पठाइएका उनी छुटे पनि पुरानो काण्डमा पुन जेल पठाइए ।

अभिनेत्री ज्योति खड्कासँगको यौन क्रियाकलापको भिडियो ओझाले बनाएको आरोप छ । खड्काले आत्महत्या गरिसकेकी छन् । कान्तिपुर टिभीको सिरियल तिते करेली खेल्दा खेल्दै ज्योति खड्का अश्लील भिडियोका लागि तयार भएकी थिइन् ।

उक्त भिडियो इन्टरनेटमा भाइरल भएपछि मानसिक तनाबमा रहेकी उनी केही समय फिल्म क्षेत्रमा अभ्यस्त भए पनि लामो समय बाँच्ने निर्णयमा कायम रहिनन् । काठमाडौंको बसन्तपुरमा उनले आत्महत्या गरिन् । त्यसअघि सम्म उनी भिडियोका कारण विक्षिप्ततामा बाँचेकी थिइन् । जंगल क्वीनलगायतका कतिपय फिल्ममा उनले नाम परिवर्तन गरी अभिनय गरिन् । आत्महत्या अघि उनको नाम जेशिका खड्का थियो । त्यसअघि उनी खाडी मुलुकको बार डान्सर पनि बनेकी थिइन् । ओझालाई प्रहरीले ज्योतिसहित तीन बालिकाको यौन शोषण गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

यस्तै सेक्स भिडियो इन्टरनेटमा बाहिरिएकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । श्रेष्ठले राजीखुसीमा तत्कालिन प्रेमी डिजे तान्त्रिकसँग गरेको यौन कार्यकलापको भिडियो भाइरल भयो । कतिपय पोर्न साइटहरूले उक्त भिडियोलाई अहिले पनि ठूलो दर्शक पाएको भनी राखेका छन् ।

नम्रता मानसिक तनाबमा रहेपनि बौरिने कोशिश गरिन् । केही समय पछि नेपाली फिल्ममा उनको सक्रियता रह्यो । अहिले फिल्मी दुनियाँमा उनी पुनस्र्थापित भएकी छन् । तर, त्यो भिडियोले उनलाई कहिलेकाहीँ भने सताउने गरेको छ ।

अभिनेत्री तथा मोडल पुजा लामाको पनि अश्लिल भिडियो सार्वजनिक भएको थियो । यो भिडियो सार्वजनिक सँगै फैलिएपछि लामाले आफ्ना पार्टनरसँग विवाह नै गरिन् । भिडियो इन्टरनेटमा भाइरल हुने क्रममा उनले विवाह गरेकी थिइन् । अहिले रङ्मञ्चबाट भने उनी गुमनाम जस्तै छिन् ।

मोडल जेनिशा मोक्तानको नाममा पनि अश्लील भिडियो सार्वजनिक भएको दाबी गरिए पछि उनले त्यसको विरोध र खण्डन गरिन् । केही सेकेन्डको क्लिप्स बजारमा आएपछि उनले त्यसको विरोध र खण्डन गरेकी थिइन् । उनी ठूलो घरानामा विवाह गरी दाम्पत्य जीवन विताइरहेकी छन् ।

अभिनेत्री तथा सेलिब्रिटीहरूका बाहिरिएका यौन भिडियोले फिल्मी क्षेत्रलाई धुमिल बनाएको छ । एकातिर कास्टिङ काउचको बिषयमा चर्को बहस र आलोचना बढिरहेका बेला अभिनेत्रीहरूको यस्ता भिडियो इन्टरनेटमा राखिएका छन् ।

त्यसो त इन्टरनेटको प्रयोग व्याप्त नहुँदा पनि अभिनेत्रीहरूले तस्बिरको माध्यममा अश्लिलताका लागि तयार भएका कयन उदाहरण छन् ।जनआस्था साप्ताहिकमा अभिनेत्री श्रीशा कार्कीको नग्न तस्बिर छापिए पछि त्यसलाई सहन नसकेर उनले आत्महत्या गरेकी थिइन् । उक्त तस्बिर प्रकाशन गर्नु नै पत्रकारिता जीवनका ठूलो भुल भएको त्यसका सम्पादक किशोर श्रेष्ठले विभिन्न माध्यमबाट बताइसकेका थिए ।lekbesikabhaka

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी