बिमोचन समारोहमा सरकारका मुख्य सचिव समक्ष प्रोडूसरको गुनासो

बिमोचन समारोहमा सरकारका मुख्य सचिव समक्ष प्रोडूसरको गुनासो

  • शुक्रबार, बैशाख २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

कमल सरगम
नेपाली गीत संगीतको क्षेत्रमा अर्को नया गीतिसंग्रहको आगमन भएको छ।कलाकार/ सर्जक तथा प्रशासक रामकुमार आचार्यको गीतिसंग्रह भोगाई भिन्दै भिन्दै”बिमोचन सम्पन्न भएको छ।राजधानीमा एक बिशेष कार्यक्रम सहित उक्त एल्बमको बिमोचन गरिएको हो।बिन्धबासीनी म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त एल्बमको बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका मुख्य सचिव श्रीमान लोक दर्शन रेग्मीको उपस्थिति रहेको थियो। एल्बम बिमोचन गर्दै नेपाल सरकारका मुख्य सचिव श्रीमान लोक दर्शन रेग्मी ज्यूले भन्नु भयो”नेपाली संगीत क्षेत्रमा पछिल्लो समय देखिएको गतिविधिले संगीत क्षेत्रमा केहि अप्ठ्यारोपन आइरहेको र यसलाई नेपाल सरकारले पनि ध्यान दिनुपर्ने अबस्था आएको छ।गीत संगीत को बिकाश र ऊत्पादक एवं श्रस्टाको हक हीतमा सरकार सधै सकारात्मक रहेको छ,राम्रा सृजना र स्रष्टाको सधै सरकारले मुल्यांकन गर्ने छ”।एल्बमको बरिष्ठ संङ्गीतकार वुलु मुकारूङले संगीत समीक्षा गर्दै भन्नु भयो “फेरी संगीत क्षेत्रमा अर्को एउटा सुन्दर फुल फुल्दै छ त्यहि फुल्दै गरेको फूलमा पलाएको यो मुनाको बयान गरेर साध्यनै छैन।अब संगीत क्षेत्रमा यो सृजनाले अझ राम्रो स्थान पाउने छ”।एल्वममा रहेका गीतका बिषयमा बरिष्ठ गजलकार ललितजंङ रावलले प्रष्ट पार्नु भएको थियो।गीतकार एवं एल्वमका लगानिकर्ता नेपाल सरकारका सचिव रामकुमार आचार्यले गीतिसंग्रह प्रकाशन आर्थिकरूपमा धेरै बोझीलो हुने अनुभव रहेको र प्रतिफलको ग्यारेन्टी नभएकाले निरन्तरतामा असहज हुने भावना ब्यक्त गर्नु भयो।
सोहि कार्यक्रममा सभापतित्वको भूमिकामा रहनु भएका बिन्धबासीनी म्यूजिक प्रालिका संचालक सुबास रेग्मी ले ऊत्पादक लगानिकर्ता प्रोडूसरको संङ्गीत रोयल्टी पाऊने ठाउँमा घुसपैठ र भर्ष्टाचार रहेको एवं नियमन-अनुगमन-निर्देशन-नियन्त्रण गर्ने प्रतिलिपी रजिस्ट्रारको कार्यालय का रजिस्ट्रार समस्यामा मुकदर्शक बन्ने गरेको र सानो सानो कुरामा पनि अदालतको ढोकामा पुग्न परेको अनुभव सुनाऊनु भयको थियो। बौद्धिक सम्पतिको संरक्षण र कारोबार हुने ठाउँमा कृते मतदाता द्वारा सस्था कब्जा गरि भ्रस्टाचार गर्ने कार्य हुनु हुदैन भनि रेग्मीले उक्त गलत काम गर्नेलाई सरकारले छानबिन गर्नुपर्ने अबस्था देखिएको बताउनु भयो।एल्बममा ५ ओटा गीत समाबेस छन।एल्वममा:- मनोजराज-राज सिग्देल-केशव पौडेल-सन्तोष लामा र आरजू अधिकारी लगाएतको स्वर रहेको छ।एल्बम भित्रका गीतहरुमा संगीत भने लगातार केशव पौडेल – बिबि अनुरागी र गैरे शुरेशको रहेको छ भने शब्द एकल रुपमा रामकुमार आचार्यको रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=BuAbOUVemxc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी