काठमाडौं |
आगामी जेष्ठ २८ गते टिका)बोम्जन)एकल)सांगीतिक)साँझ)२०७५ हुने भएको छ ।
“स्रष्टा र सिर्जना राष्ट्रको शान, नेपाली संगीतको प्रबर्द्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ आर्मी अफिसर क्लब भद्रकाली काठमाडौंमा सम्पन्न हुने भएके हो ।
बुधवार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिईएको हो ।
सबिन घिसीङको सभापतित्व मा भएको कार्यक्रममा प्रबन्ध निर्देशक हिमालयन नेपाली एन्न्भेस्टमेन्ट प्रा।लि।, प्रमुख अतिथि नेपाल सांगीतिक संघका अध्यक्ष श्री मिलन मोक्तान, अतिथि तामाङ समाज मलेसियाका पूर्व अध्यक्ष श्री चक्र घिसिङ, तामाङ कालाकर संघका अध्यक्ष श्री सन्जीव वाइवा, श्री अशोक प्यासी राई वरिष्ठ पत्रकार तथा प्रबन्ध निर्देशक एक्सन इन्टरटेनमेन्ट प्रा। लि। साथमा थुप्रै कलाकारहरुको उपस्थिति थियो ।
बुवा आइत सिंह बोम्जन र आमा सुकुमाया तामाङको जेठा छोरा गीतकार, गायक तथा संगीतकार टिका बोम्जन सानै देखी परिश्रमी र संगीतप्रति रुची राख्थे |
२०५६ सालमा नेपाली सेनामा भर्ना भई देश र जनताको सेवा गर्ने क्रममा २०५९ सालमा २१ बर्षको कलिलो उमेरमा जनायुद्धको बेला आफ्नो दुबै हातहरु गुमाउन पुगे यधपी हरेश नखाई मुखले कलम च्यापेर गीत लिख्दै संगीत भर्दै कस्तो भाग्य नामक गीति एल्बम बाट सुरु भएको संगीतिक यात्रा बाट मुखै बाट सबै भन्दा बढी गीत लेख्न गीतकारमा युनिक वल्र्ड रेकर्डस,Everest Outstanding Achievement र मिराकल अवार्ड्स गरि एकै पटक तिन अवार्डस २०६८ पाइसकेका टीका बोम्जन यसै क्रममा आफ्नो सिर्जनालाई थप उजागर गर्न समाजका पीडित समुदायलाई सहयोग गर्ने लक्ष्य बोकी एकल कार्यक्रम टिका बोम्जन एकल सांझ – २०७५ को आयोजना गर्ने भएको छ ।
