काठमाडौँ — नेपाली मूलकी अभिनेत्री मनिषा कोइरालालाई ‘मस्ट भर्सटाइल एक्ट्रिस’ अवार्ड–२०१८ बाट सम्मानित गरिएको छ । भारतको दादा साहेब फाल्के फिल्म फाउण्डेशनले आइतबार मुम्बईमा एक कार्यक्रमको आयोजना गर्दै कोइरलालाई उक्त अवार्ड दिएको हो ।
आफ्ना अभिभावकसहित उपस्थित भएकी मनिषाले पुरस्कारबाट आफू सम्मानित भएको खुशी व्यक्त गरेकी थिइन् ।
फाल्के फिल्म फाउण्डेशनले कोइरलाका अलवा कोनकोना सेन शर्मा, अरमान मलिक, निती मोहन, फरिदा जलाल र मनिष पललाई सम्मान गरेको थियो ।
सन् १९९१ मा सौदागार फिल्मबाट बलिउडमा प्रवेश गरेकी मनिषाले ५ दर्जन बढि फिल्ममा अभिनय गरेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline