नयाँ बर्ष संगै लगन को महिना को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेल को पन्चेबाजा को गित मागी बिबाह बजार मा आएको छ।
केशब घिमिरे र सरिता पौडेल को स्वर रहेको यस गित मा शव्द तथा लय केशव घिमिरे को नै रहेको छ। उत्पादक तथा बितरक चन्दन म्युजिक रहेको गीत मागी बिबाह मा छायांकन ,निर्देशन दुर्गा पौडेल ले गरेका छन भने अभिनय दिपासा बिसि र रमेश ढकाल (हरि) को रहेको छ।
लामो समय देखी लोक संगीत मा निरन्तर लागिरहेका केशब घिमिरे लोक दोहोरी गित प्रतिस्ठान धौलागिरी अञ्चल का उप महासचिव हुन भने कुशल पर्यटन ब्यबसायी का साथै चन्दन म्युजिक का प्रबन्धक,निर्देशक पनि हुन।
बिशेषत तिजे गायक भनेर चिनिएका घिमिरे का किन्दिउला म चुरा,म पनि के छु र कमि ,चट सारी मिलाएर लाउन सिकाइदिउला,नारी त लक्ष्मी हुन,आमा ले पकाको खाउला मिठो दर,एक नम्बर ,पुराना भाका नै हराछ्न,बचन नलाउ है लगायत चर्चित लोक दोहोरी गीत जेल मा थुनेनि ,रुन्छु बर्है महिना,देखन मन लाइरन्छ,धर्ती फाटला ,आधीखोला तरेर लगायत दशै तिहार पन्चेबाजा गरि २०० भन्दा बढी गीत हरु बजार मा आइसके का छ्न ।
आफ्नै youtube च्यानल chandan music बाट नै गित बजार मा ल्याएका घिमिरे ले गित को अडियो भिडियो राम्रो बनेको साथै मौलिक ,समाज सुहाउदो र यथार्थपरक रहेको छ ।