कक्षा १२ को वैशाख १४ र कक्षा ११ को वैशाख ३० गतेदेखि सञ्चालन हुने, नयाँ संरचनामा यसरी गराईदैछ परिक्षा

कक्षा १२ को वैशाख १४ र कक्षा ११ को वैशाख ३० गतेदेखि सञ्चालन हुने, नयाँ संरचनामा यसरी गराईदैछ परिक्षा

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भक्तपुर, ११ वैशाख ।
यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रूपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टु«मेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशनबमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रूपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँंका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरूपमा पालना गर्दै काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी