बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना, कोलकातामा नेपाली नृत्य

बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना, कोलकातामा नेपाली नृत्य

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ, ११ वैशाख । दिलीप थापा डान्स सेण्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् ।

सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गर्नुभएको हो । प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया (गुजराती), हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए । शिक्षार्थीका नेपाली आमाहरूसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए । सो अवसरमा सेण्टरले आठ जना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो ।

कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गर्नुभएको थियो । भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरूप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कं लिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी